चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी   « Khabarhub

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी  


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना व्यक्ति बेपत्ता भएका छन्।

बिहीबार बिहान करिब ११ः४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए । उनी विदेशी नागरिकसहित चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा नदीको बहावमा परेपछि उनी बेपत्ता भएका हुन् ।

घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीको टोली,  सशस्त्र प्रहरी बलको दङ्गा रेजिमेन्टका टोली र नेपाली सेनाका श्री जगदल गणका टोलीले संयुक्त रूपमा नदीमा खोजी कार्य जारी राखेका छन्।

बेपत्ता व्यक्तिको अवस्था खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ५ : ३८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्