नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो छैठौँ विकेट, गुलशन आउट « Khabarhub

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो छैठौँ विकेट, गुलशन आउट


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३५ ओभर ३ बलमा नेपालका गुलशन झा आउट भए ।

रोलेफ भान डेर मोवरेको बलमा उनी कट एण्ड बोल्ड भए । आउट हुनुअघि उनले ४२ बलमा २९ रन जोडे । त्यसअघि २२ ओभर ४ बलमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनले ४२ बलमा २१ रन जोडे ।

खेलको ११ ओभर ६ बलमा डा. इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि उनले १० बलमा चार रन जोडे । ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनले १२ बलमा तीन रन जोडे । ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर १ बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । २० बल खेलेका उनले केबल ९ रन जोडे ।

हाल क्रिजमा सोमपाल कामी र आरिफ शेख छन् ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, डा. इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ५ : ४२ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा