मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस « Khabarhub

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् ।

‘स्थिति नियन्त्रण बाहिर जाँदैछ। यो ‘कल्पनातीत किनार’मा डगमगाइरहेको छ । क्षेत्रलाई निरन्तर फराकिलो हुँदै गएको टकरावको घेरामा तानिँदैछ। एउटा सङ्कटले अर्को सङ्कटलाई बढावा दिँदैछ। एउटा वृद्धिले अर्को वृद्धिलाई निम्त्याउँदैछ,’ गुटेर्रेसले सुरक्षा परिषद् बैठकमा भने ।

उनले भने, ‘यो गतिशीलता फैलिँदै जाँदा, राजनीतिक उद्देश्यहरू टकरावबाट नै बढी ढाकिन थालेका छन्।’संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी अरबमा गैर सैनिक आणविक कार्यक्रम स्थापना गर्न एक ऐतिहासिक सम्झौता घोषणा गरेकै दिन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको यो भनाइ आएको हो ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता रियादले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गरेमा मात्र लागू हुने बताएका छन् ।

अमेरिका इरानसँग युद्ध लडिरहेको समय अमेरिकाले साउदी अरबसँग गैर सैनिक आणविक कार्यक्रम स्थापना गर्न एक ऐतिहासिक सम्झौता घोषणा गरेकोे छ । अमेरिका र इजरायलले तेहरानको आणविक कार्यक्रमप्रति चिन्ता जनाउँदै आएका छन् । यो अझै पनि अवरूद्ध शान्ति वार्ताको मुख्य विवादको विषय बनेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ९ : ४३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि