हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर « Khabarhub

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई भूकम्प प्रतिरोधी नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । नगरपालिकाले प्रतिपरिवार ५ लाख रुपैयाँ लगानीमा दुई कोठाको एकतले घर निर्माण गरिदिएको हो ।

लामो समयदेखि जीर्ण घरमा बस्दै आएका हलेसी तुवाचुङ–२ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी चामे र भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले नयाँ घर हस्तान्तरण गरेको छ । नयाँ घर पाएपछि उनीहरू हर्षित भएका छन् ।

अर्खौलेका टेकबहादुर सार्कीको परिवार १२ वर्षदेखि गाउँबाहिर विभिन्न स्थानमा बस्दै आएकामा अघिल्लो वर्ष गाउँ फर्किएर अरूकै घरमा आश्रय लिइरहेको थियो । त्यस्तै डिकुवाका देशवीर राई दम्पती पनि जीर्ण कटेरोमा जोखिमपूर्ण बसोबास गर्दै आएका थिए ।

नगरपालिकाको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत ती घरहरू निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् । “नगरभित्रका नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न विपन्न परिवारलाई घर बनाएर दिएका हौँ,” नगर प्रमुख राईले भनिन्, “काठमाडौँ वा तराईका जिल्लाबाट घरटहरा भत्काइएपछि विस्थापित भई गाउँ फर्कन चाहने नगरवासीका लागि पनि जग्गा भएमा ५ लाख बराबरको घर बनाइदिने निर्णय गरेका छौँ ।”

नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले विपन्न परिवारलाई घर निर्माण गरिदिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ६ : २० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित