इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो « Khabarhub

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास गरिएको बताएका छन् । तर त्यसो गर्ने अमेरिकी र इजरायली प्रयासलाई देशले प्रतिरोध, एकता र दृढतामार्फत विश्वलाई चकित पार्ने शक्ति बनेको बताएका छन्।

प्रेस टीभीका अनुसार पेजेस्कियनले इरानलाई ‘अर्को भेनेजुएला बनाउने’ प्रयास गरिएको दाबी गर्दै इरानी जनताले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन्।

‘हाम्रा जनताले उल्लेखनीय काम गरेका छन्,’ पेजेस्कियनले भनेका छन्।

‘इरान पूर्णस्तरीय आर्थिक, सैन्य र सुरक्षा युद्धमा छ’

इरानी राष्ट्रपति पेजेस्कियनले आफ्नो देश अहिले ‘पूर्णस्तरीय आर्थिक, सैन्य र सुरक्षा युद्ध’मा रहेको बताएका छन्।

टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा देखिएका गम्भीर समस्याप्रति सरकार ‘लज्जित’ रहेको समेत स्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सबैभन्दा कडा’ वा ‘सबैभन्दा भयानक’ प्रतिबन्ध लगाउने बताउन सहजै सक्ने भन्दै पेजेस्कियनले इरानले असमान युद्धको सामना गर्दै जनताको सेवाका लागि प्रयास गरिरहेको बताएका छन्।

‘हामी उभिएका छौँ, यो असमान युद्धको सामना गर्दै जनताको सेवा गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भने।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : ३३ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको