इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो « Khabarhub

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास गरिएको बताएका छन् । तर त्यसो गर्ने अमेरिकी र इजरायली प्रयासलाई देशले प्रतिरोध, एकता र दृढतामार्फत विश्वलाई चकित पार्ने शक्ति बनेको बताएका छन्।

प्रेस टीभीका अनुसार पेजेस्कियनले इरानलाई ‘अर्को भेनेजुएला बनाउने’ प्रयास गरिएको दाबी गर्दै इरानी जनताले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन्।

‘हाम्रा जनताले उल्लेखनीय काम गरेका छन्,’ पेजेस्कियनले भनेका छन्।

‘इरान पूर्णस्तरीय आर्थिक, सैन्य र सुरक्षा युद्धमा छ’

इरानी राष्ट्रपति पेजेस्कियनले आफ्नो देश अहिले ‘पूर्णस्तरीय आर्थिक, सैन्य र सुरक्षा युद्ध’मा रहेको बताएका छन्।

टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा देखिएका गम्भीर समस्याप्रति सरकार ‘लज्जित’ रहेको समेत स्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सबैभन्दा कडा’ वा ‘सबैभन्दा भयानक’ प्रतिबन्ध लगाउने बताउन सहजै सक्ने भन्दै पेजेस्कियनले इरानले असमान युद्धको सामना गर्दै जनताको सेवाका लागि प्रयास गरिरहेको बताएका छन्।

‘हामी उभिएका छौँ, यो असमान युद्धको सामना गर्दै जनताको सेवा गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भने।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  २ : ३३ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै