बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा « Khabarhub

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउनमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने २३० सवारी कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु दुई लाख २६ हजार राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउनमा दुई वटा सवारी दुर्घटना हुँदा जना घाइते भएका छन् ।

यसैबीच, अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा एक महिनामा २० जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ८ : ४४ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री