बेलायतमा भएका प्यालेस्टाइन समर्थक प्रदर्शनमा चीनको सम्भावित आर्थिक सहयोगबारे अनुसन्धान सुरु « Khabarhub

बेलायतमा भएका प्यालेस्टाइन समर्थक प्रदर्शनमा चीनको सम्भावित आर्थिक सहयोगबारे अनुसन्धान सुरु


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका प्रमुख समाचार माध्यमहरूमा प्रकाशित रिपोर्टअनुसार बेलायतमा भएका प्यालेस्टाइन समर्थक प्रदर्शनहरूमा चीनले गोप्य रूपमा आर्थिक सहयोग पुर्याएको आशंकामा अनुसन्धान थालिएको छ। अमेरिकी कानुन निर्माताहरूले गरेको एक छानबिनका आधारमा बेलायती भूमिमा भइरहेका यस्ता गतिविधिहरूमा विदेशी हस्तक्षेपको गम्भीर पाटो खुल्न आएको छ। 

प्रतिष्ठित पत्रपत्रिका ‘द टेलीग्राफ’ मा प्रकाशित समाचारमा जनाइए अनुसार, अमेरिकामा स्थापित र वामपन्थी झुकाव राख्ने ‘कोड पिङ्क’ ९ऋयमभ एष्लप० नामक संस्थासँग जोडिएको एक बेलायती कम्पनीमार्फत उक्त रकम प्रवाह भएको छ। अमेरिकी कांग्रेसको कमिटीद्वारा गरिएको छानबिनले बेइजिङ समर्थक प्रचारप्रसारमा संलग्न रहेको भनिएका एक धनाढ्य व्यवसायी नेभिल रोय सिङ्गमसँग सम्बन्धित संस्थाहरूबाट बेलायतस्थित उक्त समूहको सञ्चालक कम्पनीमा लाखौँ रकम ट्रान्सफर भएको देखाएको छ। 

उक्त समूहले बेलायतमा गाजामा भइरहेको हिंसाको विरोधमा विभिन्न र्‍यालीहरू आयोजना गर्न तथा सामरिक स्थलहरू बाहिर प्रदर्शन गर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गर्दै आएको थियो। आलोचक तथा अमेरिकी अनुसन्धानकर्ताहरूले चीनले पश्चिमी देशहरूमा आन्तरिक सामाजिक तनाव र विभाजन निम्त्याउन यस्ता भूराजनीतिक तथा वैचारिक मुद्दाहरूको आडमा अप्रत्यक्ष रूपमा राजनीतिक युद्ध (पोलिटिकल वार्फेयर) चलाइरहेको आशंका व्यक्त गरेका छन्। 

यता, बेलायती सांसदहरूले यस घटनालाई गम्भीर रूपमा लिँदै सरकारलाई राष्ट्रिय सुरक्षा कानुनको पूर्ण प्रयोग गरी सत्यतथ्य बाहिर ल्याउन र यस्ता विदेशी हस्तक्षेपलाई कूटनीतिक तथा कानुनी रूपमा कडा प्रतिवाद गर्न माग गरेका छन्। सम्बद्ध समूहहरूले भने यसअघि नै यस्ता आरोपहरूलाई पूर्ण रूपमा खारेज गर्दै आन्दोलन पूर्णतया स्थानीय नागरिकहरूको स्वतस्फूर्त सहभागिता र चन्दाबाट सञ्चालित रहेको दाबी गरेका छन्। 

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ११ : ४५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार