विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित « Khabarhub

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्कालाई ८९ रनले पराजित गरेको छ । जितसँगै आयोजक इङ्ल्यान्डले तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ।

चेस्टर-ले-स्ट्रिटमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले सुस्त र कम बाउन्स भएको पिचमा ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २६५ रनको सम्मानजनक योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६७ रनको योगदान दिए भने जो रुटले ४४ रन बनाए। तल्लो क्रममा विल ज्याक्सले अविजित ४६ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक स्थितिमा पुर्‍याए। श्रीलङ्काका लागि रंधिका कोलोम्बागेले ३ विकेट लिए ।

२६६ रनको विजय लक्ष्य पछ्याएको श्रीलङ्काको ब्याटिङ भने निकै कमजोर रह्यो। अनुशासित बलिङ र चुस्त फिल्डिङसामु श्रीलङ्का ३७ ओभरमा १७६ रनमै अलआउट भयो । श्रीलङ्काका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ४५ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

इङ्ल्यान्डका स्पिनर विल ज्याक्सले घातक बलिङ गर्दै २२ रन खर्चेर ५ विकेट लिए, जुन उनको ओडीआई करियरकै उत्कृष्ट प्रदर्शन हो । उनले कुसल मेन्डिस र कप्तान चरिथ असलंका जस्ता महत्त्वपूर्ण ब्याटरको विकेट लिएका थिए ।

यो जितसँगै इङ्ल्यान्डले यस वर्ष श्रीलङ्काविरुद्ध ह्वाइट बल क्रिकेटमा लगातार १०औँ जित दर्ता गरेको छ । शृङ्खलाको दोस्रो खेल बिहीबार हेडिङ्ग्लेमा हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : २२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले