एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता « Khabarhub

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले पहिलो जित हात पारेको छ। बक्सिङतर्फ ६० केजी तौल समूहमा नेपाली मुक्केबाज खगेन्द्र रोका मगरले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई पराजित गरेका हुन्।

निशिओ जिम्न्यासियममा बुधबार भएको प्रारम्भिक चरणको प्रतिस्पर्धामा खगेन्द्रले सालिनासलाई ५–० को एकपक्षीय स्कोरमा हराए। जारी एसियाडमा नेपाली खेलाडीले हात पारेको यो नै पहिलो जित हो।

यसैबीच नेपालले बुधबार विभिन्न सात खेलमा प्रतिस्पर्धा गर्दैछ। आजको मुख्य आकर्षण महिला कबड्डी टोलीको खेल रहेको छ। समूह ‘बी’ अन्तर्गत नेपालले चिनियाँ ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार अपराह्न ४:३० बजे सुरु हुनेछ।

समूह ‘बी’ मा नेपालसँगै चिनियाँ ताइपेई, श्रीलङ्का र थाइल्यान्ड रहेका छन्। समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई हराइसकेको छ।

चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। त्यसैले यसपटक पनि टोलीबाट पदकको उच्च अपेक्षा गरिएको छ।

बुधबार कबड्डी र बक्सिङबाहेक नेपालले पौडी, कराते, स्क्वास, टेबलटेनिस र उसुमा पनि प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा नेपालले अहिलेसम्म कुनै पदक जित्न सकेको छैन।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार यसपटक नेपालबाट २१ खेलका १३५ जना खेलाडीले सहभागिता जनाएका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ११ : ३८ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि