‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’ « Khabarhub

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष र छिटो न्याय प्रदान गर्ने स्वतन्त्र तथा सक्षम न्यायपालिका आवश्यक भए पनि वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाए।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को उपनियम ११ र नियम २५९ तत्काल कार्यान्वयन नगर्न जारी गरेको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई प्रत्यक्ष रूपमा अवरुद्ध गरेको दाबी गरे।

जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संघीय संसद्को सार्वभौम अधिकार र क्षेत्राधिकारमाथि उक्त आदेशले गम्भीर कुण्ठा पु¥याएको उनको भनाइ थियो ।

सांसद चौलागाईले संसद्को अधिकार क्षेत्रमा भएको हस्तक्षेप र न्यायिक निरङ्कुशता रोक्न समग्र न्यायपालिकाको आमूल पुनर्संरचना आवश्यक भइसकेको धारणा राखे।

उनले न्यायपालिकालाई नागरिकप्रति उत्तरदायी, स्वतन्त्र र प्रभावकारी बनाउन आवश्यक सुधारतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : ०१ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि