‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’ « Khabarhub

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष र छिटो न्याय प्रदान गर्ने स्वतन्त्र तथा सक्षम न्यायपालिका आवश्यक भए पनि वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाए।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को उपनियम ११ र नियम २५९ तत्काल कार्यान्वयन नगर्न जारी गरेको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई प्रत्यक्ष रूपमा अवरुद्ध गरेको दाबी गरे।

जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संघीय संसद्को सार्वभौम अधिकार र क्षेत्राधिकारमाथि उक्त आदेशले गम्भीर कुण्ठा पु¥याएको उनको भनाइ थियो ।

सांसद चौलागाईले संसद्को अधिकार क्षेत्रमा भएको हस्तक्षेप र न्यायिक निरङ्कुशता रोक्न समग्र न्यायपालिकाको आमूल पुनर्संरचना आवश्यक भइसकेको धारणा राखे।

उनले न्यायपालिकालाई नागरिकप्रति उत्तरदायी, स्वतन्त्र र प्रभावकारी बनाउन आवश्यक सुधारतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : ०१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६