एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा « Khabarhub

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट उनी नयाँ दिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण दलमा अर्थमन्त्री वाग्ले र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए।

भारतीय टेलिभिजन च्यानल ‘एनडीटीभी’ को ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न उनी नयाँ दिल्ली गएका हुन्।

उनी बिहीबार साँझ उक्त समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

शुक्रबार बिहान सवा ११ बजे समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर उनले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। “निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको अन्तरक्रियामा उनी सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किने कार्यतालिका छ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ६ : ५३ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस