थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा « Khabarhub

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन् । यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ ।

गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन् । उक्त पदमार्गको थोरङ फेदी माथिको पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छाएर आवागमन सहज पारिएको थियो । 

मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर थोरङला पास पहुँचमार्गको हिउँ पन्छाएर राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको पदमार्ग सहज बनाइएको थियो ।

बर्सेनि दुई सिजन चल्ने पदमार्ग विदेशी पर्यटक अङ्ग्रेजी वर्षको मे, जुन र जुलाईमा पदयात्रा गर्ने गर्छन् । एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले हिउँदयाम अघिको अक्टोबर र नोभेम्बरमा पनि उल्लेख्य विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आउने गरेको जनाए । 

थोरङ पास पदमार्ग हिउँ सफा गरेपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक मुस्ताङ आइपुगेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाइ छ ।
 
मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गर्ने सिजन सुरु भएकाले विदेशी पर्यटकको मनाङबाट आउने सङ्ख्या बढ्दै गइरहेको बताए।  

पर्यटकीय यामको सुरुवाती समयमै थोरङला पास क्षेत्रमा भारी हिमपात हुँदा उक्त पदमार्ग अवरुद्ध हुन पुगेको थियो । अध्यक्ष गुरुङका अनुसार मनाङ र मुस्ताङका पर्यटन व्यवसायी र सुरक्षाकर्मीले दुईतर्फी पदमार्गको हिउँ पन्छाइएपछि मनाङबाट मुस्ताङ प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
 
अध्यक्ष गुरुङका अनुसार थोरङला पास हुँदै दैनिक सय बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन् । बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटक घटे पनि थोरङला पास गरी आउने विदेशी पर्यटकको उपस्थितिले मुक्तिनाथका धेरैजसो होटलमा पर्यटक भरिन थालेको उनको भनाइ छ ।  

यस वर्षको नोभेम्बर अन्तिमसम्म मनाङबाट थोरङला पासगरी विदेशी पर्यटक मुस्ताङ आउने सिजन भएको अध्यक्ष गुरुङले बताए।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ११ : ४२ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक