भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने « Khabarhub

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतः व्यक्तिगत तथा धार्मिक रहेको स्पष्ट पारेका छन्। उनले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको जनाउँदै यस विषयमा अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेका छन्।

‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ लामिछानेले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएकाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ। त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु।’

लामिछानेले आफू कारागारमा रहँदा भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम जाने भाकल गरेको उल्लेख गर्दै सोही भाकल पूरा गर्न भारत जान लागेको बताएका छन्।

भ्रमणका क्रममा उनी परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम छ।

धार्मिक आस्था, पारिवारिक संस्कार र आध्यात्मिक विश्वासका कारण भारत भ्रमण गर्ने योजना पहिलेदेखि नै रहेको उनले बताए। कारागारमा रहँदा गरेको भाकल पूरा गर्नसमेत भ्रमण गर्न लागेको उनको भनाइ छ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  १ : २५ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक