आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति « Khabarhub

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन् । 

उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। उनले म्याक्रोनलाई आफ्नो भनाइ स्पष्ट राख्न आग्रह गर्दै इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको दाबीप्रति प्रश्न उठाए ।

अराघचीले आफ्नो पोस्टसँगै म्याक्रोनले सन् २०१८ को अप्रिलमा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेको तस्बिर पनि साझा गरे । उक्त सम्बोधनमा म्याक्रोनले सन् २०१५ को सम्झौता कायम राख्नुपर्ने धारणा राख्दै त्यसलाई इरानको आणविक कार्यक्रम अनुगमन र नियमन गर्ने अन्तर्राष्ट्रिय ढाँचाका रूपमा प्रस्तुत गरेका थिए ।

सन् २०१५ जुलाई १४ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत, अमेरिका र युरोपेली सङ्घको सहभागितामा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) सम्झौता भएको थियो । यसको उद्देश्य इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा सीमित रहेको सुनिश्चित गर्नु थियो ।

यसै साता अल जजिरासँगको कुराकानीमा म्याक्रोनले फ्रान्सले इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको बताएका थिए । यही अभिव्यक्तिलाई लिएर अराघचीले उनको आलोचना गरेका हुन् ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताए । इरानी नेतृत्वको गतिविधिमा सहयोग पुर्‍याउने आर्थिक माध्यमहरू बन्द नगरेसम्म अमेरिकी प्रशासन पछि नहट्ने उनको भनाइ छ । 

उनले इरानको आर्थिक स्रोतमा दबाब बढाउँदै युद्ध सञ्चालनमा सहयोग गर्ने वित्तीय माध्यमसमेत रोक्ने नीति कायम रहने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  २ : ४८ बजे

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित