विदेशबाट फर्किएर पशुपन्छीपालन गर्दै कञ्चनपुरका शम्शेर, भन्छन्- यसवर्ष ६० लाखको व्यापार गर्ने लक्ष्य छ « Khabarhub

विदेशबाट फर्किएर पशुपन्छीपालन गर्दै कञ्चनपुरका शम्शेर, भन्छन्- यसवर्ष ६० लाखको व्यापार गर्ने लक्ष्य छ


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछी पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उन  तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक रुपमा कृषि उद्यममा लागे । 

सुरुआतमा २५ लाख लगानीमा ८० वटा उन्नत जातका बा्रखा गाउँघरबाट सङ्कलन गरेर सुरु भएको फार्ममा अहिले ८० लाख लगानी पुगेको छ । अहिले बमले फार्ममा बाख्रा, स्थानीय जातका कुखुरा, कालिज र मौरीपालनसँगै फलफूल बगैँचा समेत स्थापना गरेर व्यवसायलाई विस्तार गरेका छन् । 

‘साढे छ वर्ष कोरिया बसेर फकिएपछि गाउँमै उद्यम गर्ने सोचले बाख्रापालन सुरु गरेको थिए’, उनले भने, ‘अघिल्लो वर्षदेखी बाख्रासँगै स्थानीय जातका कुखुरा, कालिजसँगै माहुरीपालन समेत विस्तार गरेको छु ।’

भविष्यमा मिनि एग्रो टुरिज्मका रुपमा विकास गर्ने उदेश्यले काम गरिरहेको बमको भनाइ छ । उनको फार्ममा स्थानीय जातको दुई हजार कुखुरा र चार सय कालिज रहेका छन । त्यसैगरी उन्नत जातका बाख्रा र मौरी समेत रहेको उनले बताए । 
‘कालिज कैलालीसम्म बिक्रि हुने गरेको छ, बजारको समस्या छैन । स्थानीय स्तरमै बिक्री हुन्छ’, बमले भने, ‘यस वर्ष ६० लाख रुपैयाँको व्यापार गर्ने लक्ष्य छ ।’ 

सुरुआती वर्षमा प्रतिफल थोरै आएपनि यस वर्ष सबै खर्च कटाएर रु १६ लाख मुनाफा हुने बमको अपेक्षा छ । उनको फार्ममा रु १५ हजारदेखी रु २० हजारसम्म तलबमा तीन जना कर्मचारी रहेका छन् । पशुपछी पालनसँगै एमबिएस समेत अध्ययन गर्दै आएका बमले एउटै व्यवसायमा मात्र निर्भर हुनुभन्दा विभिन्न व्यवसाय सञ्चालन गरेर आम्दानीको स्रोत बढाउन सकिने बताए । 

विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएर उद्यम सुरु गरेका बमले मेहनत र लगनशीलता भए आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिने बताए । 

उनले भने, ‘सरकारी निकायबाट सहयोग प्राप्त भए व्यवसायलाई अझै विस्तार गर्ने लक्ष्य छ ।’ बमले डेढ विघा जग्गा आफ्नै र १० कठ्ठा जग्गा वार्षिक १२ हजार रुपैयाँमा भाडामा लिएर काम गरिरहेका छन् ।

माहुरीपालनलाई पनि व्यवसायको रुपमा अघि बढाएर मह उत्पादन र बिक्रीबाट थप आम्दानी गर्ने बमको लक्ष्य छ ।  माहुरीले कृषि बालीमा परागसेचन प्रक्रियामा समेत सहयोग पुर्‍याउने भएकाले यसलाई कृषि व्यवसायसँग जोडेर उनले अघि बढाएका हुन् । बमले १० वटा घारमा माहुरी राखेका छन् । माहुरीको चरनका लागि उनले तोरीखेती गरेका छन् । 

‘वर्खामा मौरीको लागि चरन नहुँदा चिनी र चास्नी बनाएर पाल्नु परेको थियो,’ उनले भने, ‘अहिले चरनकै लागि तोरी पनि लगाएका छौँ, साथसाथै फलफुल बगैचा समेत स्थापना गरिएको छ ।’ स्वदेशमै बसेर व्यवसाय गर्ने बमको प्रयासले बेरोजगार युवालाई समेत कृषि तथा पशुपछीपालन क्षेत्रमा सम्भावना खोज्न प्रेरणा दिएको छ ।  रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ६ : ३८ बजे

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

सचिव साइमनले भने- जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१

विदेशबाट फर्किएर पशुपन्छीपालन गर्दै कञ्चनपुरका शम्शेर, भन्छन्- यसवर्ष ६० लाखको व्यापार गर्ने लक्ष्य छ

कञ्चनपुर– छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८

 आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल मङ्सिर ७ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ७ गते सोमबार सन् २०२६