सांसद केपी खनाललाई आशिकाको प्रश्न- टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ? « Khabarhub

सांसद केपी खनाललाई आशिकाको प्रश्न- टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् आशिका तामाङले सांसद केपी खनालसँग सम्पर्क गर्न खोज्दा ह्वाट्सएपबाट मात्रै फोन गर्न भनिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

सोमबार सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गर्दै तामाङले जनताबाट निर्वाचित सांसदसँग सामान्य फोनबाट सम्पर्क गर्नसमेत इन्टरनेट आवश्यक पर्ने अवस्था देखिएको भन्दै प्रश्न उठाएकी हुन् ।

उनले एउटा जनप्रतिनिधिले जनताको कुरा सुन्न ह्वाट्सएपमार्फत मात्रै सम्पर्क गर्नुपर्ने भए सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले आफ्ना समस्या र गुनासा कसरी नेतासम्म पुर्‍याउने भन्दै प्रश्न गरेकी छन् ।

‘एउटा जनता बाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न र सम्पर्क गर्न नेट चाहिने रहेछ भने टुकटुके मोबाइल चलाउने गरिब निमुखा नागरिकले आफ्नो नेतासम्म गुनासो कसरी पुर्‍याउन सक्छन् ?’ उनले लेखेकी छन् ।

सांसद खनाललाई जनमुद्दाका विषयमा कुरा गर्न फोन गरेको र उनको स्वकीय सचिवले फोन उठाएर ह्वाट्सएपमा सम्पर्क गर्न भनेको तामाङको भनाइ छ ।

‘म त तीन छक्क परेँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ०४ बजे

बाँदरको उप्रदो : हरियो मस्याङ काट्न बाध्य छन् किसान

भोजपुर– बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै

भारत भ्रमणमा मोदीलाई बालेनको रुद्राक्ष उपहार

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सांसद केपी खनाललाई आशिकाको प्रश्न- टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?

काठमाडौं–  रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् आशिका तामाङले सांसद केपी खनालसँग

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

त्रिशूली–  नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै