नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित « Khabarhub

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली–  नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा पराल पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन् ।

दुप्चेश्वर गाउँपालिका–६ स्थित बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धानको खेती गरे । उनीसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले सोही जातको धान लगाएका थिए  ।

आचार्यले दुई वर्षअघि बागलुङबाट एक पाथी बीउ ल्याई यसको खेती सुरु गरेको जानकारी दिए । गत वर्ष परीक्षणका रूपमा खेती गर्दा चार मुरी धान उत्पादन भएपछि यस वर्ष उनले छ पाथी बीउ प्रयोग गरी आठ रोपनीमा खेती विस्तार गरे । 

यस वर्षको खेती लगाउन उनले वैशाख अन्तिममा बीउ राखेर जेठको अन्तिम साता रोपाइँ गरेका थिए । उक्त धान मङ्सिरको पहिलो साता भित्र्याइसक्नु भएको छ । बीउ राखेदेखि धान पाकेर भित्र्याउन भने छ महिना पूरा लागेको उनले बताए । ‘जेठोबुढो धानको भात नरम, स्वादिलो र बास्नादार हुन्छ । आफैँले बीउ छानेर राखेका छौँ,’ आचार्यले भने ।      

आठ रोपनीमा गरेको खेतीबाट उनले अहिले बीस मुरी धान फलाए । त्यस्तै, १२० भारी पराल उत्पादन भएको छ । धानको स्वाद र सुगन्ध, परालको राम्रो उत्पादन तथा बजारमा राम्रो मूल्य पाउन सकिने हुँदा यस खेतीको विस्तार गर्न उत्साहित बनाएको उनको भनाइ छ । इच्छुक किसानलाई खेती विस्तारका लागि आवश्यक बीउ सहुलियत शुल्कमा उपलब्ध गराउन सकिने उनले बताए ।

दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेश सुवेदीले स्थानीय हावापानी जेठाबुढो धान खेतीका लागि अनुकूल रहेकाले विस्तारको प्रशस्त सम्भावना रहेको बताए । किसानले यसको खेतीबाट उत्पादन लिन थालेसँगै रैथाने जातको धानप्रति चासो र आकर्षण बढ्नु सकारात्मक भएको उनको भनाइ छ ।

‘दुप्चेश्वरको हावापानी जेठोबुढो धान खेतीका लागि उपयुक्त छ । उत्पादन केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका हिसाबले यो किसानका लागि लाभदायी हुन सक्छ,’ कृषि शाखा प्रमुख सुवेदीले भने, ‘त्यसैले रैथाने बीउ संरक्षण गर्दै यसको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन र प्राविधिक सहयोग गर्नेछ ।’

शिखरबेँसीको परम्परागत कृषि पहिचानका रूपमा रहेको समुन्द्रफिनी जातको धानको खेती लगाउने किसानको सङ्ख्या घट्दो छ । फल लिन लामो समय लाग्ने र धेरै उत्पादन नहुने भन्दै किसानको आकर्षण घट्दै जाँदा पुस्तौँदेखि जोगिँदै आएको यस रैथाने जातको बीउ नै लोप हुने जोखिम बढ्दै गएको उनले बताए ।

‘समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वरको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो । सो जातको धान खेती गर्ने किसान घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ,’ सुवेदीले भने, ‘जेठाबुढाजस्तै समुन्द्रफिनी धानको खेती पनि पुनः विस्तार गरी रैथाने जातको संरक्षण गर्न आवश्यक छ ।’

उहाँका अनुसार गाउँपालिकाले जेठोबुढो तथा समुन्द्रफिनीजस्ता स्थानीय जातको खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गर्ने, आवश्यक बीउको व्यवस्थापनमा सहजीकरण गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने छ । 

‘रैथाने जातका धान खेतीलाई निरन्तरता दिन किसानलाई प्रोत्साहित गर्न आवश्यक छ । उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई जोडेर खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउनाका साथै स्थानीय बीउ जोगाउन सकिन्छ,’ उनले भने ।

रैथाने धानको बीउ संरक्षण, खेती विस्तार र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउन सके नुवाकोटका मौलिक कृषि उपजको पुनःस्थापना हुनाका साथै किसानको आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ०४ बजे

बाँदरको उप्रदो : हरियो मस्याङ काट्न बाध्य छन् किसान

भोजपुर– बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै

भारत भ्रमणमा मोदीलाई बालेनको रुद्राक्ष उपहार

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सांसद केपी खनाललाई आशिकाको प्रश्न- टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?

काठमाडौं–  रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् आशिका तामाङले सांसद केपी खनालसँग

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

त्रिशूली–  नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै