काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।
नयाँदिल्लीमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखिएको रुद्राक्ष मोदीलाई उपहारस्वरूप प्रदान गरेका हुन् ।
प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्षसँगै, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन प्रदान गरेका हुन् ।
नयाँदिल्लीमा आज भएको दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ताका क्रममा उपहार आदानप्रदान गरिएको हो ।














प्रतिक्रिया