काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने « Khabarhub

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने भएको छ। आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने तयारी भएसँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा प्राप्त गर्न सक्नेछन्।

भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौँरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकामा सेवा विस्तार गर्न लागिएको हो।

यसअघि जिल्लाको रोशी र भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन हुँदै आएको थियो। थप १० स्थानीय तहमा सेवा विस्तार भएपछि नागरिकले आफ्नै स्थानीय तहबाट भूमिसम्बन्धी प्रशासनिक काम गर्न पाउनेछन्।

सेवा सञ्चालनका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ। त्यसका लागि कार्यालयले प्रत्येक स्थानीय तहमा सम्पर्क व्यक्तिसमेत तोकेको छ।

कार्यालय प्रमुख सुवेदीले सेवा विस्तारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिँदै एक महिनाभित्रै सेवा सञ्चालन गर्ने तयारी रहेको बताए।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : ५८ बजे

राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’

काठमाडाैँ – प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र

युक्रेनमा रुसी हवाई आक्रमण : १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

किएभ-  युक्रेनको राजधानी किएभ आसपासका क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा

करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप

काठमाडौं– बलिउडका चर्चित सेलिब्रेटी च्याट शोमध्ये एक ‘कफी विथ करण’

बागमती र विष्णुमती सफा बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने