करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप « Khabarhub

करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप

भाइरल तस्बिरले खोल्यो नयाँ बहस


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित सेलिब्रेटी च्याट शोमध्ये एक ‘कफी विथ करण’ अहिले एउटा तस्बिरका कारण विवादमा परेको छ । पाहुनासँगको रमाइलो कुराकानी, व्यक्तिगत खुलासा र चर्चित र्‍यापिड फायर राउन्डका लागि परिचित शोमाथि नै सबै कुरा पहिल्यै तयार पारिएको स्क्रिप्टअनुसार चल्ने गरेको आरोप लागेको छ ।

यो विवाद अभिनेत्री शनाया कपूरको एउटा भ्यानिटी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सुरु भएको हो । शोको नवौँ सिजनको छैटौँ एपिसोडमा सहभागी हुन पुगेकी शनाया मेकअप गराइरहेका बेला खिचिएको तस्बिरमा उनको अगाडि रहेको टेबलमा एउटा कागज देखिन्छ। उक्त कागजमा ठूला अक्षरमा ‘र्‍यापिड फायरः शनाया कपूर’ लेखिएको छ ।

यही कागजलाई लिएर दर्शकहरूले शोको चर्चित र्‍यापिड फायर राउन्ड पनि पहिल्यै तयार पारिएको हुन सक्ने आशंका गरेका छन् । सामाजिक सञ्जालमा केहीले यसलाई दर्शकमाथिको धोका भन्दै प्रश्न उठाएका छन् भने केहीले पाहुनालाई सम्भावित प्रश्न वा विषयबारे पहिले नै जानकारी गराउनु सामान्य प्रक्रिया भएको तर्क गरेका छन् ।

यद्यपि, भाइरल तस्बिरमा कागजको तल्लो भागमा लेखिएका अक्षर स्पष्ट देखिँदैनन् । त्यसैले त्यसमा प्रश्न र उत्तर नै तयार पारिएका थिए वा सामान्य नोट मात्र थिए भन्ने पुष्टि भएको छैन । यस विषयमा शोका प्रस्तोता करण जोहर र शनाया कपूरले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

उक्त एपिसोडमा शनायासँगै अनन्या पाण्डे र अनन्या बिर्ला पनि सहभागी भएका थिए । प्रसारणअघि सार्वजनिक प्रोमोमा अनन्या पाण्डेले अभिनेता कार्तिक आर्यनलाई फोन गरेको दृश्यले समेत चर्चा पाएको थियो ।

तर, एउटा तस्बिरले अहिले शोको सबैभन्दा चर्चित र्‍यापिड फायर राउन्ड नै साँच्चै तत्काल दिइने जवाफमा आधारित हुन्छ कि पहिल्यै तय गरिएको हुन्छ भन्ने बहस जन्माएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ०४ बजे

राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’

काठमाडाैँ – प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र

युक्रेनमा रुसी हवाई आक्रमण : १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

किएभ-  युक्रेनको राजधानी किएभ आसपासका क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा

करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप

काठमाडौं– बलिउडका चर्चित सेलिब्रेटी च्याट शोमध्ये एक ‘कफी विथ करण’

बागमती र विष्णुमती सफा बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने