तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक « Khabarhub

तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराई–मधेसको मौलिक पर्व सामा चकेवाको रौनक अहिले तराई मधेसमा छाएको छ । अहिले गाउँगाउँमा किशोरी समूह-समूह बनाएर सामा चकेवा खेल्ने गरेको पाइन्छ । गोवर्द्धन पूजाको रातिदेखि उनीहरु सामा चकेवा खेल्न थालेका हुन् ।

कार्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँमा बेग्लै रौनक बढाएको छ । यो पर्व विशेष गरी तराई–मधेसका रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोतरी, नवलपरासीलगायत क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारु समुदायमा मनाउने परम्परा छ ।

स्थानीय पुरोहित धीरेन्द्र मिश्रका अनुसार द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताइ मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीले भगवान् कृष्णको सम्झनामा मनाउने सामा चकेवा कालान्तरमा दाजुबहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रुपान्तरित भएको छ ।

‘‘यो पर्वमा पहिला दाजुलाई गीतिशैलीमा बहिनीले मार्ने र फेरि गीतिशैलीको माध्यमले नै जीवित बनाउने गर्छन्’’, उनले भने, ‘‘यस दृश्यलाई सर्वसाधारणले अभिरुचीपूर्वक अवलोकन गर्ने र गीत सुन्ने गर्छन् ।’’ दुई सातासम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउँघरका खासगरी कुमारी कन्या एकत्रित भई माटोले बनाइएको मूर्तिहरुको लोक गीत गाएर पूजाआजा गरिन्छ ।

पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिलाई परम्परागत गीत गाउँदै भत्काएर नजिकको नदी, जलाशय, पोखरी वा सरोवरमा लागेर सेलाएर दाजुभाईलाई मिठाइ खुवाएपछि पर्व विधिवत रुपमा सम्पन्न हुन्छ । ”मूर्ति सेलाउने दिन किशोरीहरुले आ–आफ्नो अभिभावकबाट सङ्कलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गर्छौँ”, कलैया उपमहानगरपालिका–२ औधापुरकी किशोरी सोनीकुमारी ठाकुरले भने, ”घरमा उपलब्ध भएको चामल सङ्कलन गरी पकाउछौँ ।”

त्यसरी पकाएको परिकार आफूसँगै गाउँका दाजुभाइलाई बोलाएर श्रद्धापूर्वक खुवाइने उनले जानकारी दिए । सामा चकेवामा चकेवा (दाजु), सामा (भाउजु), खिडलिच (बहिनी), बृन्दावन र चुङ्गला (भाई) समेत गरी पाँच जनाको रङ्गीन मूर्ति कुशले बनाइएको रङ्गीन भाडोमा राखी गाउँ घुमेर अन्न र उपहार स्वरुप सङ्कलन गरिने प्रचलन छ । पर्वको अन्तिम दिन भेटी स्वरुप उठेको अन्नपात र नगदबाट भोज आयोजना गरी मान्यजन र इष्टमित्रलाई खुवाने चलन रहेको स्थानीय किशोरी खुश्बु कुमारीले बताए ।

सो अवसरमा नाच–गान गरी मनोरञ्जन गर्ने चलनसमेत रहेको छ । उक्त पर्वको अवसरमा तराइका अधिकांश गाउँमा मौलिक परम्परा झल्कने विभिन्न खाले नृत्य प्रस्तुत हुने स्थानीय किशोरी सरस्वती चौधरीले बताए । ‘‘हामीले नाचको व्यवस्था मिलाएका छौँ’’, उनले भने, ‘‘त्यसको लागि गाउँबाट चन्दा सङ्कलन गरेका छौँ ।’’ त्यस पर्वको सन्दर्भमा दाजु बहिनीको रक्त सम्बन्धलाई प्रगाढ तुल्याउन एउटा खराब पात्रको कल्पना गरी त्यसलाई दण्डित गर्दै चकेवा खेल्ने गरिएको पाइन्छ ।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास तराई मधेसमै लोपन्मुख हुँदै गएको उक्त पर्वलाई जीवन्त राख्न यहाँका समुदाय सचेत र गम्भीर हुनुपर्ने बताउँछन् । उनका अनुसार दाजुभाइ र दिदीबहिनीबीचको प्रेम सम्बन्ध झल्काउने पर्वका रुपमा समा चकेवा रहेकाले यस पर्व मनाउँदा घर परिवारमा मात्र नभई समुदायमा माया स्नेह बढाउँछ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ६ : ०६ बजे

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का

बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौँ – वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा पारेर भारतको

तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

बारा- दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराई–मधेसको मौलिक पर्व सामा

कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित

दुहबीमा ५६ करोड लागतको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने

विराटनगर– कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप