उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले दुई देशकाबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र यूएईबीच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे । उनले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकका लागि उच्च आय र सीपयुक्त रोजगारीका थप अवसर सिर्जना गर्न अनुरोध गरेका थिए ।

उपराष्ट्रपति यादवले पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनका लागि राजदूत शम्सीको पहल र योगदानको प्रशंसा गर्दै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह पनि गरे । त्यस अवसरमा राजदूत शम्सीले नेपाल र यूएईबीचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ उचाइमा पुर्‍याउन यूएई इच्छुक रहेको बताए ।

उनले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा यूएईले गरेको सहयोगको स्मरण गर्दै यस्तो मानवीय सहयोग भविष्यमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ६ : २४ बजे

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

बर्लिन- जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का

बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौँ – वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा पारेर भारतको

तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

बारा- दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराई–मधेसको मौलिक पर्व सामा

कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित