कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो « Khabarhub

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको टोखा नगरपालिका–१ झोरस्थित बौडेश्वर मन्दिरमा मेला लागेको छ ।

बौडेश्वर संरक्षण समितिको आयोजनामा कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा आज धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बौडेश्वर महादेव मन्दिर परिसरमा मेला लागेको हो ।

मेलाका अवसरमा बौडेश्वर मन्दिर परिसरमा श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । धार्मिक आस्था, स्थानीय संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोडिएको उक्त मेलाले झोर क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै आएको छ ।

बौडेश्वर महादेव मन्दिरमा बैकुण्ठ चतुर्दशीका दिन भक्तजनहरू भगवान् शिवको पूजा–आराधना, दीप प्रज्वलन तथा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने परम्परा रहेको छ । यस्तै, उक्त मन्दिरमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र विहान उठेर स्नान तथा पुजापाठ गर्ने प्रचलन रहेको छ ।

परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरू मन्दिरमा पुग्ने गर्छन् झोरस्थित बौडेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यका कारण पनि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै आएको छ ।

मन्दिर परिसरमा रहेको झरना, प्राकृतिक वातावरण र धार्मिक वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ । बौडेश्वर मेलाले स्थानीय धार्मिक परम्परा संरक्षण, सांस्कृतिक निरन्तरता तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको टोखा–१ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले जानकारी दिए ।

टोखा क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाका रूपमा परिचित यस मेलालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके धार्मिक पर्यटनको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । टोखा नगरपालिकाले बौडेश्वर मेलाका अवसरमा आज टोखा नगरपालिका–१ मा स्थानीय विदा दिएको छ । उक्त मेला काठमाडौँको उत्तरी क्षेत्रको महत्त्वपूर्ण मेलासमेत हो ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ८ : ३५ बजे

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौं – विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै

आजका समाचार : भारतमा विभिन्न सम्झौता गरी प्रधानमन्त्री स्वदेश फिर्ता, सर्वोच्चले थप्यो आईजीपी केसीको म्याद र यमनमा साउदी हमला

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमतप्रधानमन्त्री वालेन्द्र शाहको भारत

चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. केसीसँगका सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं – सरकारले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ- भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह