पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा « Khabarhub

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता ‘फेवा किङ्स कप–२०८३’ को तयारी पूरा भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा उपाधिका लागि छ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता संयोजक थमन गुरुङले प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घको सहभागिता रहने बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई समेत ध्यानमा राखेर सम्बन्धित पक्षसँगको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए । प्रतियोगितामा विदेशी खेलाडीसमेत सहभागी हुने भएकाले प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाख पुरस्कार प्राप्त गर्नेछ । यस्तै, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान हासिल गर्ने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

प्रतियोगिताका सबै खेल अवलोकन गर्नका लागि सिजनल पासको शुल्क रु दुई हजार ५०० निर्धारण गरिएको छ । खेलकुदको विकास र प्रतियोगिताबाट प्राप्त रकम सामाजिक कार्यमा समेत उपयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि आवास, यातायात तथा प्राविधिक व्यवस्थापनको व्यवस्था निस्शुल्क गरिएको छ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सङ्घ संस्था तथा व्यावसायिक प्रतिष्ठानले सहकार्य गरेका छन् । क्लबका सचिव अशोक थापाका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब रु ६१ लाख खर्च हुने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १० : १३ बजे

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास