सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म « Khabarhub

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ आजबाट हलमा लागेको छ । यो शुक्रबार एक मात्रै नेपाली फिल्म हलमा लागेको हो ।

विजय केरुङको निर्देशनमा एक्सन जनरामा बनेको यो फिल्मले पहिलो दिनका लागि ११० भन्दा बढी शो पाएको छ ।

यससँगै हलमा प्रदर्शनरत नेपाली फिल्मको संख्या ६ पुगेको छ ।

प्रदर्शरत फिल्महरु ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ माघ १ बाट हलमा लागेका हुन् । कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’ र पुष ४ बाट आएको ‘झरीपछिको इन्द्रेणी’ हलमै लागिरहेका छन् ।

त्यस्तै हलिउड फिल्म ‘मर्सी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो हलिउड स्टार प्रयाट स्टारर एक्सन थ्रिलर फिल्म हो । ‘अभतार’ र ‘द हाउसमेड’ फिल्म पनि प्रदर्शनरत छन् ।

प्रभाष स्टारर ‘राजासाब’ र रणवीर सिंह स्टारर ‘धुरन्धर’ गरी दुई भारतीय फिल्म नेपाली हलमा प्रदर्शनरत छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ४० बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह