सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म « Khabarhub

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ आजबाट हलमा लागेको छ । यो शुक्रबार एक मात्रै नेपाली फिल्म हलमा लागेको हो ।

विजय केरुङको निर्देशनमा एक्सन जनरामा बनेको यो फिल्मले पहिलो दिनका लागि ११० भन्दा बढी शो पाएको छ ।

यससँगै हलमा प्रदर्शनरत नेपाली फिल्मको संख्या ६ पुगेको छ ।

प्रदर्शरत फिल्महरु ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ माघ १ बाट हलमा लागेका हुन् । कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’ र पुष ४ बाट आएको ‘झरीपछिको इन्द्रेणी’ हलमै लागिरहेका छन् ।

त्यस्तै हलिउड फिल्म ‘मर्सी’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो हलिउड स्टार प्रयाट स्टारर एक्सन थ्रिलर फिल्म हो । ‘अभतार’ र ‘द हाउसमेड’ फिल्म पनि प्रदर्शनरत छन् ।

प्रभाष स्टारर ‘राजासाब’ र रणवीर सिंह स्टारर ‘धुरन्धर’ गरी दुई भारतीय फिल्म नेपाली हलमा प्रदर्शनरत छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ४० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल