छैठौं टाइगर कपमा एनसेलको सहकार्य « Khabarhub

छैठौं टाइगर कपमा एनसेलको सहकार्य


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले पोखरामा आयोजना हुने राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।

शुक्रवारबाट टाइगर कप विगत पाँच वर्ष देखि निरन्तर आयोजना भइरहेको छ । गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो । मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ ।

‘टाइगर कपसँगको यो सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउँछ, जुन स्थानीय स्तरमा नै हुर्किने प्रतिभासँग जोडिएको छ । यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवर्द्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ,’ एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने उनले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । 

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा भने, ‘खेलकुदमा आफ्नो आबद्धतालाई निरन्तरता दिएर यो वर्ष पनि टाइगर कपमा हामीसँग सहकार्य गरेकोमा हामी एनसेलप्रति आभारी छौँ। यस्तै सहकार्य, सहयोग र योगदानले हामी देशकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता हुन सफल भएका छौँ।’

 छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । महिला तर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्टस क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन् । पुरुष तर्फ भने गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स रहेका छन् ।

यो प्रतियोगितामा विजेता हुने दुवै महिला र पुरुषतर्फका टोलीले आयोजकबाट समान प्रथम पुरस्कार ६ लाख ६६ हजार ६६६ रुपैयाँ, दोस्रो पुरस्कार ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तृतीय पुरस्कार २ लाख ६ हजार ६६६  रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : १३ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको