रुपन्देही–२ मा राप्रपाकी कर्भिकाले लिइन् उम्मेदवारी फिर्ता « Khabarhub

रुपन्देही–२ मा राप्रपाकी कर्भिकाले लिइन् उम्मेदवारी फिर्ता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छन् । 

उनले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिइन् । 

नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ । 

उम्मेदवार थापाले आफ्नो उम्मेदवारीका विषयमा कहीँ कतैबाट निर्वाचन आयोगमा उजुरी परेको नभई संविधानअनुसार उम्मेदवार बन्न नमिल्ने भएर पार्टीले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेकाले आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिए । 

उम्मेदवार थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन् । 

तर नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने संवैधानिक व्यवस्था रहेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनले बताइन् । 

‍उम्मेदवार थापाको उम्मेदवारी फिर्ताको निवेदन आएको र त्यसउपर आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ४८ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक