नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन « Khabarhub

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नौ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । 

उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ रहेकामा हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत भन्सार राजस्व असुल गर्नुपर्ने हुन्छ । 

नेपालगञ्ज भन्सारमा चालु आवको साउन महिनामा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४ दशमलव १४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौ महिनामा एक अर्ब ९३ लाख ६४ हजार ५४ रुपैयाँ लक्ष्य रहेकामा ६९ दशमलव ७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी असोज महिनामा एक अर्ब ९८ करोड ३१ लाख ३० रुपैयाँ लक्ष्य रहेकामा ८७ दशमलव ८३ प्रतिशत रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रुपैयाँ, कात्तिक महिनामा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा ७२ दशमलव ३० प्रतिशत एक अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिर महिनामा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा ८३ दशमलव ४५ प्रतिशत एक अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ र पुस महिनामा दुई अर्ब तीन करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौ महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । 

नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा ३८ अर्ब रुपैयाँ बढीको मालसामान आयात निर्यात भएको छ । 

भन्सार कार्यालयका अनुसार, पुस मसान्तसम्म ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । 

कार्यालयबाट चालु आवको छ महिनामा ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने एक अर्ब ३५ करोड ८४ लाख २९ हजार रुपैयाँको मात्रै भएको छ । 

अघिल्लो आवको सोही अवधिमा कार्यालयबाट ३५ अर्ब २७ करोड ६५ लाख आठ हजार रुपैयाँको आयात र एक अर्ब १६ करोड ३९ लाख १२ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो । 

अघिल्लो आव र चालु आवको ६ महिनाको तुलना गर्दा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र जम्मा व्यापार ६.९८ प्रतिशतले बढेको छ । कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको छ महिनाको अवधिमा उस्तै रहेको छ । 

अघिल्लो आवको छ महिनामा व्यापार घाटा ९६.७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.३८ रहेको कार्यालयका सूचना अधिकारी खड्काले बताए  ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्