बिहेपछि नायिका पूजाको आइटम डान्स ! « Khabarhub

बिहेपछि नायिका पूजाको आइटम डान्स !


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म ‘कल्ली’को सुटिङ पूरा भएको छ ।

फिल्मका निर्माता किरण नेपालीका अनुसार चोभारमा सेट लगाएर दुई दिन खिचेपछि पूजाको आइटम डान्सको सुटिङ सकिएको हो । ६० दिनको तालिकामा छायाङ्कन पूरा भएको निर्माता नेपालीले बताए ।

पूजाले ‘क्या राम्री’ बोलको गीतमा आइटम डान्स गरेकी हुन् । पूजाले पहिलो पटक आइटम डान्स गरेकी हुन् ।

गत मंसिरमा विवाह गरेकी पूजा यही आइटम डान्सबाट फिल्मकर्ममा फर्किएकी हुन् ।

उनी भन्छिन्, ‘करिअरमै पहिलो पटक आइटम डान्स गरेकी छु । प्रतिक्रियाका लागि उत्साहित छु ।’

उनको आइटम डान्स भएको भिडियो चाँडै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । गीतमा गायक अशिष अविरल र गायिका मेलिना राईको स्वर रहेको छ ।

नायकहरु उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, नायिकाहरु बेनिशा हमाल र वर्षा राउत शीर्ष भूमिकामा रहेको यस फिल्मको छायाङ्कन जुम्लामा गरिएको छ ।

यो फिल्मको लेखक महेश दवाडी हुन् । प्रदर्शन मिति फागुन १ लाई तोकिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ४५ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत