बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता « Khabarhub

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।  

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइलगायत ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

त्यस्तै ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले देशैभर शान्तिपूर्ण तवरले निर्वाचन कार्यक्रम अघि बढिरहेको जानकारी दिए । निर्वाचनका लागि समानुपातीतर्फ करिब डेढ करोड मतपत्र छापिसकिएको र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेसँगै प्रत्यक्षतर्फको मतपत्रको डिजाइन गरेर छपाइको कार्य सुरु गरिने उनले बताए । 

प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सम्पन्न भइसकेको जानकारी दिए । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक जनशक्ति, मतपत्र लगाएका सामाग्री सातै प्रदेशको निर्वाचन कार्यालयमा पुराइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ५६ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति