बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता « Khabarhub

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।  

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइलगायत ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

त्यस्तै ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले देशैभर शान्तिपूर्ण तवरले निर्वाचन कार्यक्रम अघि बढिरहेको जानकारी दिए । निर्वाचनका लागि समानुपातीतर्फ करिब डेढ करोड मतपत्र छापिसकिएको र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेसँगै प्रत्यक्षतर्फको मतपत्रको डिजाइन गरेर छपाइको कार्य सुरु गरिने उनले बताए । 

प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सम्पन्न भइसकेको जानकारी दिए । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक जनशक्ति, मतपत्र लगाएका सामाग्री सातै प्रदेशको निर्वाचन कार्यालयमा पुराइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ५६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका