शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने « Khabarhub

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन अवार्ड्समा ‘ग्लोबल स्टाइल आइकन’को सम्मान पाउने भएका छन् । फेसन, कला र ग्लोबल प्रभावको प्रतीक रहेको यो अवार्डले शाहरुखलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान दिलाउनेछ ।

भारतीय मिडिया अनुसार दुबई मल फेसन फेस्टिभल २९ जनवरी देखि ३० जनवरीसम्म आयोजना हुँदैछ । दुई दिनसम्म चल्ने यस उत्सवमा फेसन, संस्कृति र ग्लोबल स्टाइलको झलक प्रस्तुत गरिने छ । पहिलो दिनमा मास्टरक्लास मार्फत दर्शकहरूले फेसन र ब्यूटीका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन् ।

दोस्रो दिनको मुख्य आकर्षण हेडलाइन रनवे शो र अवार्ड समारोह हुनेछ, जहाँ फेसन, ब्यूटी र सांस्कृतिक योगदानमा उत्कृष्टता देखाउने व्यक्तिहरूलाई सम्मान गरिने छ । तीन दशकभन्दा बढीको करियर र १०० भन्दा बढी फिल्मसहित, अभिनेता शाहरुख खानले विश्वव्यापी स्तरमा एक अर्ब डलर भन्दा बढीको बक्स अफिस सफलता हासिल गरेका छन् ।

उनी केवल अभिनेता मात्र होइन, खेलकुद, शिक्षा र उद्यमशीलतामा पनि सक्रिय छन् । उनका प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेन्मेन्टले भारतीय सिनेमामा आधुनिक र नवप्रवर्तनकारी योगदान पुर्‍याएको छ ।

यसले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा पाएको छ । बलिउडका सुपरस्टार शाहरुखलाई अन्तिमपटक रियादको जोय अवार्ड्समा देखिएको थियो, र अब फेरि उनी आफ्नो ग्लोबल स्टाइलको दमदार उपस्थितिका साथ दुबईमा फेशन र ग्ल्यामरको उत्सवमा उपस्थित हुनेछन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ३६ बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा