अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि « Khabarhub

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन जित्न सफल भएको थियो । पहिलो भाग ‘पुष्पा’ ले दर्शकहरूमा उत्साह बढाएको थियो भने दोस्रो भाग ‘पुष्पा २ : द रूल’ ले विश्वभर १७४२ करोड रुपैयाँभन्दा बढी कमाई गर्दै इतिहास रचेको थियो ।

अब फ्यानहरू ‘पुष्पा ३’ को प्रतीक्षामा छन् । यसैबीच ठूलो अपडेट सार्वजनिक भएको छ। भारतीय मिडियाका अनुसार बलिउडका सुपरस्टार सलमान खान ‘पुष्पा ३’ मा समावेश हुने भएका छन् ।

यसले सामाजिक सञ्जालमा ठूलो चर्चा कमाएको छ। रिपोर्ट अनुसार सलमान फिल्ममा ‘सुल्तान’ नामक शक्तिशाली पात्रको रूपमा देखिनेछन्, जसले एक बिलेनियर मास्टरमाइन्ड र व्यापार टाइकूनको भूमिका निभाउनेछन् ।

‘पुष्पा ३ : द र्‍याम्पेज’ प्रोडक्शन हाउसले फिल्मको दुनियाँलाई अझ ठूलो बनाउन योजना बनाउँदै छ र यसलाई लामो समयसम्म चल्ने सिनेमाटिक युनिभर्सको रूपमा विस्तार गर्ने सोच राखेको छ । यसका लागि नयाँ पात्र र कथाहरू पनि थपिनेछन् ।

भारतीय मिडियाका अनुसार, फिल्मको सुटिङ सुरु हुन अझै केही समय लाग्नेछ । किनभने अल्लु अर्जुन र निर्देशक सुकुमार अन्य प्रोजेक्टहरूमा व्यस्त छन् । सुकुमारले पहिले राम चरणसँगको अर्को फिल्म पूरा गर्नेछन् र त्यसपछि मात्र ‘पुष्पा ३’ मा काम सुरु गर्ने योजना छ ।

फिल्म ‘पुष्पा ३’ २०२८ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ । फ्यानहरू अल्लु अर्जुन र सलमान खानलाई एकसाथ देख्ने मौका पाउने आशामा उत्साहित छन्। यसले पुष्पा फ्रेन्चाइजलाई नयाँ उचाइमा पुर्‍याउने छ भन्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ०० बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन