अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि « Khabarhub

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन जित्न सफल भएको थियो । पहिलो भाग ‘पुष्पा’ ले दर्शकहरूमा उत्साह बढाएको थियो भने दोस्रो भाग ‘पुष्पा २ : द रूल’ ले विश्वभर १७४२ करोड रुपैयाँभन्दा बढी कमाई गर्दै इतिहास रचेको थियो ।

अब फ्यानहरू ‘पुष्पा ३’ को प्रतीक्षामा छन् । यसैबीच ठूलो अपडेट सार्वजनिक भएको छ। भारतीय मिडियाका अनुसार बलिउडका सुपरस्टार सलमान खान ‘पुष्पा ३’ मा समावेश हुने भएका छन् ।

यसले सामाजिक सञ्जालमा ठूलो चर्चा कमाएको छ। रिपोर्ट अनुसार सलमान फिल्ममा ‘सुल्तान’ नामक शक्तिशाली पात्रको रूपमा देखिनेछन्, जसले एक बिलेनियर मास्टरमाइन्ड र व्यापार टाइकूनको भूमिका निभाउनेछन् ।

‘पुष्पा ३ : द र्‍याम्पेज’ प्रोडक्शन हाउसले फिल्मको दुनियाँलाई अझ ठूलो बनाउन योजना बनाउँदै छ र यसलाई लामो समयसम्म चल्ने सिनेमाटिक युनिभर्सको रूपमा विस्तार गर्ने सोच राखेको छ । यसका लागि नयाँ पात्र र कथाहरू पनि थपिनेछन् ।

भारतीय मिडियाका अनुसार, फिल्मको सुटिङ सुरु हुन अझै केही समय लाग्नेछ । किनभने अल्लु अर्जुन र निर्देशक सुकुमार अन्य प्रोजेक्टहरूमा व्यस्त छन् । सुकुमारले पहिले राम चरणसँगको अर्को फिल्म पूरा गर्नेछन् र त्यसपछि मात्र ‘पुष्पा ३’ मा काम सुरु गर्ने योजना छ ।

फिल्म ‘पुष्पा ३’ २०२८ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ । फ्यानहरू अल्लु अर्जुन र सलमान खानलाई एकसाथ देख्ने मौका पाउने आशामा उत्साहित छन्। यसले पुष्पा फ्रेन्चाइजलाई नयाँ उचाइमा पुर्‍याउने छ भन्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ०० बजे

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले