बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट (जिहादी) समूहका १५० वरिष्ठ बन्दीहरूमध्ये केही कुख्यात अपराधीहरू पनि रहेका बताइएको छ ।
अमेरिकी अपरेशनको एक भागको रूपमा यसै हप्ता उनीहरूलाई इराकमा ल्याइएकोे इस्लामिक स्टेट (आइएस)का दुई इराकी सुरक्षा अधिकारीले शुक्रबार एएफपीलाई जानकारी दिएका छन् ।
एक सुरक्षा अधिकारीले भने, ‘अमेरिकी सेनाले बुधबार इराकमा स्थानान्तरण गरेको यो समूहमा इस्लामिक स्टेट समूहका सबै नेता र केही कुख्यात अपराधीहरू रहेका थिए । स्रोतले ती अपराधीहरू युरोप, एसिया, अरब र इराक का रहेको बताएको छ।’
अर्को सुरक्षा स्रोतका अनुसार इराक स्थानान्तरण गरिएका उक्त समूहमा ८५ जना इराकी र अन्य ६५ जना युरोपेली, सुडानी, सोमालिया र ककेसस क्षेत्रका रहेका छन् ।













प्रतिक्रिया