निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल « Khabarhub

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले य बताएका हुन्।

उनले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए।

राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, ‘संक्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा महत्वपूर्ण भूमिका र त्यसपछिका निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण छ। यो निर्वाचन हाम्रो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको छ। राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैनन् भन्ने पूरा विश्वास लिएको छु।’

उनले राष्ट्रमा समस्या र विपद् आउँदा सुरक्षा निकाय नै अग्रपंक्तिमा रहने गरेको स्मरण गरे। सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तम हितका लागि काम गर्नु रहेको राष्ट्रपतिको भनाई थियो।

उनले भने, ‘जब राष्ट्रमा समस्या पर्छ, विपद् आउँछ, सीमामा चुनौति थपिन्छ, राज्यको अर्थतन्त्र जब कमजोर हुनथाल्छ, सबैभन्दा अघि उभिने तपाईंहरु नै हो। वास्तवमा सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तमम हितका लागि काम गर्नु हो। संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो संगठनको सबैभन्दा ठूलो शक्ति हो। नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहनेछ।’

राष्ट्रपति पौडेलले आसन्न निर्वाचनमा पनि सशस्त्र प्रहरी बलको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : २५ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते