काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध वारियर्सले शुक्रबार भएको फाइनलमा चट्टोग्राम रोयल्सलाई हराउँदै उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७४ रन बनाएको थियो । उसका लागि तान्जिद हसनले शतक प्रहार गरे । ६२ बलको सामना गरेका उनले ६ चौका र ७ छक्का प्रहार गरे ।
यस्तै साहिबजादा फरहानले ३०, केन विलियमसनले २४ रन बनाए । रोयल्सका लागि शरीफुल इस्लाम र
मुकिदुल इस्लामले दुई दुई विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको चट्टोग्राम १७.५ ओभरमा १११ रनमा अलआउट भयो । मिर्जा ताहिर बेगले ३६ बलमा ३९ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
राजशाहीका लागि बिनुरा फर्नान्डोले चार विकेट लिए । तीन ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिए । यस्तै हसन मुरादले तीन तथा जेम्स निशमले दुई विकेट लिए ।
फाइनलमा नेपालका सन्दीप लामिछाने भने प्लेइङ–११ मा परेका थिएनन् ।













प्रतिक्रिया