पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु « Khabarhub

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान १:१५ बजे) त्रिशूली नदीमा खसेको छ।

ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङक गाउँपालिकाकको चरौँदिनजिकै दुर्घटनामा परेर त्रिशूली नदी किनारमा खसेको हो

यो दुर्घटनामा अहिलेसम्म १७ जनाको शव घटनास्थलमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थलमै मध्यराति पुगेका स्थानीय पत्रकार पोषनाथ अधिकारीले अहिलेसम्म १७ वटा शव भेटिएको जानकारी दिएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीको टोली पुगे पनि मध्यरातमा अँध्यारोका कारण भीरबाट घाइते तथा मृतकलाई निकाल्न मुश्किल परेको छ। अहिले उद्धारका लागि स्थानीयबासीसमेत पुगेका छन् । बस नदी किनारमा रहेकाले शवहरू वरपर छरिएका छन् ।

थप विवरण आउँदै…

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ०८ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको