मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश « Khabarhub

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई आज बिहान सर्लाहीमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गर्नुभयो । रास्वपा जानुअघि पराजुली कांग्रेसमै थिए ।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा पराजुलीले १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुली मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए ।

मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेकालाई पाखा लगाएर पछि आएकालाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका छन्।

कांग्रेस प्रवेश गरेपछि पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताए । उनले भने, ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : ०७ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ