आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’ « Khabarhub

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पुर्‍याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

यहाँका नौवटै वडामा एक–एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको छ ।

दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरी सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

उनका अनुसार नागरिकलाई आवश्यक परेको खण्डमा तत्कालै प्राथमिक स्वास्थ्यसेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई आवश्यक सल्लाह सुझावसहित रेफर गर्ने उद्देश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको हो ।

‘भौगोलिक विकटताका कारण जनतालाई समयमै स्वास्थ्य सेवा लिन समस्या भइरहेको थियो,’ अध्यक्ष बस्नेतले भने, ‘स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन हामीले छ वटा आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना बनाएका छौँ ।’

हाल भौगोलिक रूपमा विकट मानिएका वडा नम्बर १ तिम्माको खम्बुखा, वडा नम्बर २ का रुमला र वादुङ्ला, वडा नम्बर ५ खावाको चोलन्ती तथा वडा नम्बर ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् । ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार सेवा तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले दुर्गम भेगका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य इकाई स्थापना गरिएको बताइन् ।  उनका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको छ ।

स्थानीयवासी गोरखबहादुर विष्टका अनुसार गाउँमै स्वास्थ्य इकाई स्थापना भएपछि सिटामोल, जीवनजलजस्ता सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्वास्थ्य इकाई स्थापनासँगै स्थानीयमा स्वास्थ्य सेवाप्रति विश्वास बढेको छ । आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको स्थानीयले बताएका छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : ०५ बजे

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त