रविसँग भिडिरहेकी मीना भन्छिन् : मेरो काम हेरेर मलाई जनताले जिताउने छन् « Khabarhub

रविसँग भिडिरहेकी मीना भन्छिन् : मेरो काम हेरेर मलाई जनताले जिताउने छन्


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन क्षेत्र नम्बर २ की नेपाली कांग्रेसकी उम्मेदवार मीनामारी खरेलले स्थानीयको समस्या समाधानका लागि आफू निर्वाचनमा होमिएको बताएकी छन् ।

प्रेस युनियन चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा खरेलले आफूले गरिब असहाय, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र स्थानीय समस्या सबै राम्रोसँग बुझेकाले जनताले विश्वास गर्ने पनि बताइन् ।

आफू निर्वाचित भए चितवन क्षत्रे नम्बर २ को विकास निर्माणदेखि नीति नियम र ऐन कानूनले बाधा गरेका विषय उठान गर्ने उनले बताइन्।

संविधानले प्रत्याभूत गरेको अधिकार नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा ती कुरा स्थापित गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता उनले जनाइन् ।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने तेस्रो पटक चुनावी मैदानमा छन् ।

त्यस्तै नेकपा एमालेले अश्मिन घिमिरे र नेकपाले प्रताप गुरूङलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा १७ राजनीतिक दल र ६ जना स्वातन्त्रसहित २३ जना उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : ०३ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ