धादिङ बस दुर्घटना अपडेट : ट्रमामा १२ जना उपचाररत, एकको अवस्था गम्भीर « Khabarhub

धादिङ बस दुर्घटना अपडेट : ट्रमामा १२ जना उपचाररत, एकको अवस्था गम्भीर


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङमा भएको बस दुर्घटनामा घाइते भई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा १२ जनाको उपचार भइरहेको छ ।

उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। अस्पतालका चिकित्सकका अनुसार ती घाइतेलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अस्पतालले दिएको जानकारीअनुसार दुर्घटनामा घाइते भएका १५ जनामध्ये १ जनाको मृत्यु भइसकेको छ। दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकीको उपचार जारी छ।

उपचाररतमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छन्। अन्य सामान्य घाइतेहरुको इमर्जेन्सी वार्डमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौं बौद्धकी ४८ वर्षीया एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय विपिन मानन्धर रहेका छन् ।

यस्तै काठमाडौं गोकर्णकी २८ वर्षीया पूजा फुँयाल, स्याङ्जा फेदीखोलाका २६ वर्षीय सचिन्द्र सुनार तथा कास्की लेखनाथका प्रदीप लामिछानेको पनि उपचार भइरहेको छ ।

त्यसैगरी काठमाडौं बौद्धका नोर्बु पाल्देन, काठमाडौं कपनकी स्वर्णीमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धकी ४८ वर्षीया लङ्साङ्गोली लामा ट्रमा सेन्टरमै उपचाररत रहेका छन् । अर्का एक विदेशी नागरिकको परिचय खुल्न नसकेको सूचना अधिकारी शिवप्रसाद निरौलाले जानकारी दिए ।

सोमबार पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : ४९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर