अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जनाभन्दा धेरैको मृत्यु « Khabarhub

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जनाभन्दा धेरैको मृत्यु


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ । पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ ।

लक्षित स्थानहरूमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ । यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारीलाई नि–सस्त्र बनाएको बताएका थिए ।

प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट–खोरासन प्रान्त (दाइश–खोरासन) का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल–खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ । जियो न्यूज कार्यक्रम “जियो पाकिस्तान“ सँग कुरा गर्दै चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाएका छन् ।

उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको र करिब ७० हजार गुप्तचर–आधारित अपरेसनहरू घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गरेका छन् जसको परिणामस्वरूप धेरैलाई पक्राउ गरिएको थियो । पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई “सटीक र सही“ भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिशोधात्मक प्रतिक्रिया भनेको छ ।

इस्लामावादले अफगानिस्तानको मिले–मत्तोमा आधारित आक्रमणहरू आयोजना गरिएको र टिटिपी र दाइश तत्वहरूसँग जोडिएको दाबी गरेको छ । उक्त आक्रमणले पक्तिका प्रान्तको बरमल क्षेत्र, नङ्गरहार प्रान्तको खोग्यानी जिल्ला, साथै घानी खेल, बेहसुद र अर्गुन क्षेत्रका ठाउँहरूलाई लक्षित गरेको बताइएको छ । चौधरीले सन् २०२० को दोहा सम्झौताको उल्लेख गर्दै अफगान तालिबानले अफगानिस्तानको भूमि आतङ्कवादका लागि प्रयोग गर्न नदिने वाचा गरेको बताएका छन् ।

उनले काबुलको अन्तरिम प्रशासन आतङ्कवादी गतिविधि रोक्न असफल भएको आरोप समेत लगाए । पाकिस्तानले आफ्नो सुरक्षा चिन्तालाई सम्बोधन गर्न कूटनीतिक र सैन्य स्तरका प्रयासहरू गरेको र राजनीतिक दलहरूलाई आतङ्कवाद विरुद्ध एकजुट हुन आग्रह गरेको उनले बताए ।

पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा हिंसामा वृद्धि भएपछि पछिल्लो आक्रमण भएको जनाइएको छ । विशेष गरी २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किए पछि हालैका वर्षहरूमा इस्लामाबाद र काबुलबीच तनाव बढेको जनाइएको छ ।

सन् २०२५ अक्टोबर मा, पाकिस्तानी सेना र अफगान तालिबान लडाकुहरू बिचको सीमा झडपका कारण दुवै पक्षको ठुलो क्षति भएको बताइएको छ । चरणवद्ध वार्ताका बावजुद, दुवै देशले स्थायी शान्ति हासिल गर्न संघर्ष गरेका छन् । यसैबीच, काबुलले यस अघि आतङ्कवादी समूहहरू अफगान क्षेत्रबाट सञ्चालन गर्ने इस्लामाबादको आरोपलाई अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा चुनौतिहरू आन्तरिक विषय भएको बताएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : ५४ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका