सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइयो « Khabarhub

सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइयो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने काम भएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले यहाँका सबै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र नेपाली सेनाको सुरक्षा पहरामा पुर्‍याइसकेको जानकारी दिए ।

‘५१ प्रकारका निर्वाचन सामग्रीहरू निर्वाचन कार्यालयमा ढुवानी गर्ने काम भइरहेको छ,’ निर्वाचन कार्यालय प्रमुख भट्टले भने, ‘कर्मचारी खटनपटनदेखि तालिम सञ्चालन भइरहेका छन् ।’

उनले कैलालीमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जानकारी दिए । 

त्यसैगरी, निर्वाचन सुरक्षा केन्द्रित फौज परिचालनको काम पनि यहाँ भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले पहाडी जिल्लाहरूमा पनि थप प्रहरी परिचालन भइसकेको जानकारी दिए । 

‘प्रहरीदेखि निर्वाचन प्रहरी खटनपटन भइसकेको छ,’ उनले भने, ‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने कार्यमा प्रहरी सक्रिय छ ।’

सुदूरपश्चिम प्रदेशभरि नेपाल प्रहरीतर्फ साढे सात हजार र सशस्त्र प्रहरी बल नेपालतर्फ पाँच हजारभन्दा बढी प्रहरी परिचालन भएको छभने यहाँ नेपाली सेनाले पनि आफ्नो सक्रियता बढाउँदै विमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनाले लिइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : ०४ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध