इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन « Khabarhub

इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर ३ सैन्य पारवहन विमान परिचालन गरेको छ । फ्लाइट ट्र्याकरहरुले जनवरी यता अमेरिकाले मध्यपूर्वमा नौ वटा सी–१७ ग्लोबमास्टर ३ पारवहन विमान परिचालन गरेको जनाएका छन् ।

यो विमान अमेरिकी सेनाकोे बन्दोबस्ती पारवहनको सबैभन्दा भरपर्दो माध्यम हो । सन् २००३ मा इराकमाथि अमेरिकाले हमला गर्ने बेला पनि यस्तै पारवहन विमानको सक्रियता देखिएको थियो ।

विमान निर्माता कम्पनी बोइङका अनुसार ग्लोबमास्टर ३ उच्च पखेँटा भएको, चार वटा इन्जिन जडित पारवहन विमान हो ।

यसले भारी उपकरण ओसार पसार गर्छ भने सैनिकलाई आकाशबाट सीधै जमिनमा झार्न पनि यो विमानको प्रयोग हुन्छ ।

सन् १९९० को दशकयताका विभिन्न अमेरिकी सैन्य कारवाहीमा यो विमान परिचालन गरिएको छ ।

मध्यपूर्वमा अमेरिकाले लडाकु विमानवाहक युद्धपोत, विभिन्न किसिमका लडाकु, वमवर्षक, निरीक्षण र जासुसी विमान पनि परिचालन गरेकोे छ । अमेरिकाले इरानसँग युद्ध लड्ने चर्चा चलिरहेका बेला अमेरिकी सैन्य परिचालनलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : १५ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा