भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त « Khabarhub

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले आफूले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्।

सोमबार भक्तपुरमा घरदैलो कार्यक्रमका क्रममा खत्रीले परिवर्तन, रूपान्तरण र पुस्तान्तरणका लागि आफू चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै मतदाताले उत्साहजनक साथ दिइरहेको बताए। उनले निर्वाचनअघि सबै उम्मेदवारको हैसियत बराबर रहने तर निर्वाचनपछि जनताले नै एक जनालाई ‘हेभिवेट’ बनाउने तर्क गरे।

रास्वपाले नीति र नियतलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाउँदै खत्रीले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनताका समस्या प्रभावकारी रूपमा समाधान गर्न नसकेको गुनासो आफूले घरदैलोमा सुनेको बताए।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा कुल ३२ उम्मेदवार प्रतिस्पर्धामा छन्। उक्त क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेका छन्। तीमध्ये ६ हजार ४४५ जना नयाँ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : २५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर