एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार « Khabarhub

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकहरूलाई आर्थिक सहयोगको अपील गरेकी छन् । चोटका कारण गम्भीर बिरामी परेकी उनले उपचार गरेर मैदान फर्किनका लागि आवश्यक उपचार गराउन आर्थिक सहयोग संकलन अभियान सुरु गरेकी हुन्।

सावित्राले पछिल्लो सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण आफू मैदानबाहिर रहेको खुलासा गरेकी छिन्। पहिले गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएलमा पुन: चोट लागेकाले जटिल शल्यक्रियाको आवश्यकता रहेको उनले खुलाएकी छन्।

अघिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको सहयोगले उपचार सहज भए पनि यस पटक कुनै साथ नमिलेको उनले खुलाएकी छन् ।

‘तर यसपटक एन्फाबाट अपेक्षित प्रशासनिक र आर्थिक सहयोग प्राप्त भएन’, उनले भनेकी छन्, ‘आर्थिक अभावकै कारण शल्यक्रियाको मिति दोहोर्‍याएर तय गर्नुपरेको छ।’

सावित्राले हाल आवद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न चाहे पनि आफूले कतार जाने योजना बनएको खुलाएकी छन् ।

‘क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउने तयारी देखाएको छ, तर म उच्चस्तरको उपचारका लागि पुन: कतारको अस्पातारमा जान चाहन्छु’, उनले भनेकी छन्, ‘कूल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान रहेको छ।’

उनले आफ्ना समर्थकहरुलाई सहयोगको लागि क्युआर वा बैंकमार्फत् आर्थिक योगदान दिन आग्रह गरेकी छिन्। विदेशी समर्थकहरुले ‘गिभअलिटिल’ लिंकमार्फत् सहयोग गर्न पनि उनले अपिल गरेकी छन् ।

सावित्राले आफ्नो भावनात्मक अपीलमा भनेकी छन्, ‘यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। थाकेको हो, तर हारेको छैन। फेरि एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।’

उनको यो अपीलले खेलकुद र सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ । समर्थकहरुले सहयोग जुटाउने पहल सुरु गरेका छन्। उता एन्फाको भूमिकालाई लिएर फेरि एक पटक प्रश्न उठेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ३४ बजे

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको

सर्लाही ४ का लागि गगनको प्रतिबद्धता पत्र : चुनाव जितेपछि थाल्नेछन् यी ९ विशेष अभियान

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४