मतदाता शिक्षा लिएर गाउँ डुल्दै आयोगका स्वयंसेवक « Khabarhub

मतदाता शिक्षा लिएर गाउँ डुल्दै आयोगका स्वयंसेवक


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोलखा– निर्वाचन नजिकिएसँगै जिल्लाका ७४ वटै वडामा अहिले मतदाता शिक्षा प्रभावकारी बन्दै गएको छ । 

जिल्ला निर्वाचन कार्यालय दोलखाले ७४ वडामा मतदाता शिक्षा स्वयंसेवक खटाएर फागुन २१ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मतदाता शिक्षा सञ्चालन गरिरहेको छ ।

आयोगले बदर मत घटाउन तथा मतदातालाई मतदानमा सक्रिय सहभागी गराउन मतदाता शिक्षा सञ्चालन गर्न गत फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा अनुगमन कर्ता सहित स्वयंसेवक पहिचान गरेको जिल्ला निर्वाचन कार्यालयले दोलखाले जनाएको छ ।

मतदान मिति नजिकिएसँगै जिल्लाका ग्रामीण बस्तीमा मतदाता शिक्षा दिइरहेका आयोगका स्वयंसेवक तथा विभिन्न राजनीति दलका नेता कार्यकर्ता ग्रामीण गाउँबस्तीमा भेटिन थालेका छन् ।

जिल्लाको वैतेश्वर गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा ३ हजार ३ सय ५२ जनालाई मतदाता शिक्षा दिएको वैतेश्वर गाउँपालिका मतदाता शिक्षा अनुगमन कर्ता रवीन्द्र चौलागाईं जानकारी दिए ।

७ दिनको अवधिमा वैतेश्वरका ८ वडाका १ हजार ४ सय ८१ जना पुरुष मतदाता तथा १ हजार ८ सय ७१ जना महिला मतदातालाई शिक्षा दिएको चौलागाईंले जानकारी दिए ।

जेन-जी आन्दोलनपछि अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मतदानका लागि ११ दिन मात्र बाँकी रहेको छ । निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले देशभर वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका ७४ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ ।

जसअनुसार वैतेश्वरका ८ वडामा ८ जना स्वयंसेवकहरूले मतदाताको गाउँबस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराइरहेको अनुगमन कर्ता चौलागाईंले बताए ।

आयोगले निर्वाचन शिक्षा प्रवर्धन गर्न आयोगको मातहतमा रहेका संघसस्था तथा निर्वाचन सूचना सम्प्रेषण भिडियो मार्फत जानकारी दिने गरिएको छ । 

निर्वाचनका लागि मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गर्दै निर्वाचनको स्वच्छता बढाउने, आधिकारिक र विश्वसनीय सूचना प्रवाह गर्ने तथा मिथ्या र भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने अनुगमन कर्ता चौलागाईंले बताए ।

यस्ता शिक्षा र सन्देशले मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने र आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने लक्ष्य राखिएको छ । मतदान प्रतिशत वृद्धि र बदर मत घटाउने अपेक्षा आयोगको रहेको छ । स्वयंसेवकहरूले मतदाताका मेलापात,गाउँ-घर तथा विद्यालयमै पुगेर शिक्षा बढिरहेका छन् ।

मतदाता शिक्षा कार्यक्रमको अनुगमनका लागि आयोगले यसअघि स्थानीय तहमा तोकेका व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता बनाएर अभिमुखीकरण कार्यक्रम गरेर जिल्लाका ९ वटा स्थानीयतहमा ९ जनालाई मतदाता शिक्षा अनुगमन कर्ताको रूपमा जिम्मेवारी दिएको छ । 

कुल १ लाख ७० हजार ३० मतदाता संख्या रहेको दोलखामा फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ५४ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध